राजनीति


३६ वर्षका प्रधानमन्त्री, ४० मुनिका ९ मन्त्री

३६ वर्षका प्रधानमन्त्री, ४० मुनिका ९ मन्त्री

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:३९, काठमाडौँ

बालेन शाह नेतृत्वको सरकारमा १० जना युवा (४० वर्ष मुनिका) मन्त्री बन्दैछन्।

यसअघिका सरकारमा पुराना दलले एक(दुई जना युवालाई मात्रै फाट्टफुट्ट रूपमा युवा मन्त्री बनाउँदै आएका थिए। यस पटक भने १० जना युवा मन्त्री बन्ने निश्चित भएको हो। 

प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह (बालेन) आफैँ ३६ वर्षका युवा हुन्। 

वर्षौँदेखि देखिँदै आएका पुराना अनुहारदेखि वाक्क भएका युवाले देशमा नयाँ अनुहारको नेतृत्व खोजिरहेको बेलामा फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८२ सिट जितेको  थियो।

जसमा ५३ जना युवा प्रत्यक्षबाट निर्वाचित भएका थिए।

चितवन(३ बाट निर्वाचित ३० वर्षिया सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छिन्। 

उनले कानुन विषय नै अध्ययन गरेकी थिइन्। 

त्यस्तै जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङ गृहमन्त्री बन्ने टुंगो लागेको छ। 

३८ वर्षिय गुरुङले रवि लामिछाने र बालेन शाहलाई मिलाउनमा पनि ठुलो भूमिका खेलेका थिए। 

उनी गोरखा-२ बाट निर्वाचित सांसद हुन्। 

यस्तै समानुपातिक तर्फबाट सांसद बनेकी प्रतिभा रावल समान्य प्रशासनमन्त्री बन्ने निश्चित भएको छ। उनी ३२ वर्षीया युवा हुन्। 

थारु महिला क्लस्टरबाट समानुपातिक तर्फबाट सांसद बनेकि गीता चौधरी कृषिमन्त्री बन्ने भएकी छिन्। 

३३ वर्षीया चौधरी अधिवक्ता तथा मानव अधिकारकर्मीको रुपमा वकालत गर्दै आएकी  एक सामाजिक अभियान्ता पनि हुन्।

यस्तै महोत्तरीबाट निर्वाचित दीपक साह श्रममन्त्री हुने भएका छन्। 

उनी ३४ वर्षिय युवा हुन्। 

यस्तै काठमाडौँ ५ बाट निर्वाचित भएका सस्मित पोखरेल शिक्षामन्त्री हुने भएका छन्। उनी हालसम्म आएको मन्त्रीहरूको सुची मध्ये सबैभन्दा कम उमेरका हुन्। 

वादी समुदायको प्रतिनिधित्व गर्दै समानुपातिक तर्फबाट सांसद बनेकि सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्ने भएकी छिन्। 

उनी ३० वर्षिया युवा हुन्। 

यस्तै ३८ वर्षिया निशा महतो स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छिन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री भने सुनिल लम्साल हुने भएका छन्। उनी ३५ वर्षिय युवा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad