राजनीति


कांग्रेसको लेखा समिति संयोजकमा भरत शाह

कांग्रेसको लेखा समिति संयोजकमा भरत शाह

भरतकुमार शाह


नेपालखबर
चैत १२, २०८२ बिहिबार ११:२४, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय सदस्य भरतकुमार शाहलाई लेखा समितिको संयोजक बनाएको छ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई लेखा समिति संयोजक बनाउने निर्णय गरेको हो।

कांग्रेसको विधान २०१७ को धारा ३८ उपधारा (१) बमोजिम सभापति गगन थापाले केन्द्रीय लेखा समतिको संयोजकमा शाहको नाम प्रस्ताव गरेका थिए। त्यसलाई बैठकले अनुमोदन गरेको हो।

केन्द्रीय लेखा समितिमा विषय विज्ञताका आधारमा रहने चार सदस्य नियुक्ति गर्ने अधिकार सभापति थापालाई दिने निर्णय पनि बुधबारको बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad