जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे पनि बाहिरिएको छ।
सार्वजनिक भएको प्रतिवेदनमा जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै मुख्य जिम्मेवारका रुपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) र दफा १८२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ। यो कसुरमा १० वर्षसम्म कैद हुने व्यवस्था छ।
यस्तै, जाँचबुझको क्रममा आयोगले सोधेको घटना सम्बन्धी सबै प्रस्नहरूको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएको पनि प्रतिवेदनमा भनिएको छ। ‘एसईईका विद्यार्थी र फिल्डका प्रहरीलाई सोध्ने प्रश्न भनेर जवाफ दिन असहयोग गर्नु भयो’, ओलीबारे प्रतिवेदनमा भनिएको छ।
तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख खापुङले भदौ २३ गते दिउँसो नै बढी मानवीय क्षती भइसकेपछि पनि क्षति रोक्न कुनै प्रयाससम्म नगरेको लगायतका कारणले उनीहरूलाई दोषी किटान गरिएको प्रतिवेदनमा उल्लेख छ।




Shares

प्रतिक्रिया