लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ मा सडक खन्ने क्रममा पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ।
बुधबार भाचे-भदौरे सडकखण्ड फराकिलो बनाउने क्रममा नवलपुर (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१२ का २० वर्षीय विक्की महतो स्काभेटरसहित पुरिएका थिए। उनलाई उद्धार गरेर बेँसीशहरीस्थत प्रदेश अस्पताल भर्ना गरिएको थियो।
अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनको शव अस्पतालमै राखिएको छ। घटनाबारे आफन्तलाई जानकारी गराइएको छ। आफन्त आएपछि बिहीबार मात्र शव परीक्षण गरेर बुझाउने प्रहरीले जनाएको छ।
66
Shares

प्रतिक्रिया