राजनीति


प्रचण्डको आह्वान: वर्तमान सरकारलाई चारैतिरबाट घेरा हालौँ

प्रचण्डको आह्वान: वर्तमान सरकारलाई चारैतिरबाट घेरा हालौँ

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १६:२४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गरेका छन्।

काठमाडौँमा शुक्रबार ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो आह्वान गरेका हुन्।

‘नेपालका गरिब, मजदुर, किसान, उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई सङ्गठित र आन्दोलित गर्ने’, प्रचण्डले भने, ‘सदनमा लड्ने, सडकमा लड्ने, आगामी निर्वाचनमा लड्ने। चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरुले छन्, तर हामी उनीहरू जसरी लड्छन् हामी त्यसरी लड्दैनौँ। माओले भन्ने गर्नुहुन्थ्यो–यु फाइट योर वे, वी फाइट आवर वे। हाम्रै तरिकाले लड्ने हो। तर एकै दिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरूले सिकाएका छन्।’

राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने प्रचण्डको भनाई थियो। त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘साझा न्यूनतम कार्यक्रम चाहियो । राष्ट्रिय स्वाधीनताका निम्ति आन्दोलन यसरी गर्ने। यसमा हामी कसैलाई पनि आपत्ति गर्ने कुरा हुँदैन। राष्ट्रिय स्वाधीनताको लागि लडाइँ लड्न तयार हुने। त्यसका लागि साझा न्यूनतम कार्यक्रम तयार गर्ने। 

प्रचण्डले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिए। तर त्यो पूरा नभएको भन्दै वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए। उनले भारतमा निर्वाचित रहेका तिब्बतीयन नेता दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको जिकिर गरे।  

‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’
दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताए। 

उनले कम्युनिष्ट शक्तिहरु सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको स्वीकार गरे।

कांग्रेस–एमालेलाई आग्रहः हामीलाई सरकार चाहिएको छैन, चलाइराख्नुस्
उनले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारे। प्रचण्डले बजेट निर्माणको क्रममा प्रदेश सरकारहरूमा कांग्रेस र एमालेबीच रडाको मच्चिएको कारण नेकपामाथि बाध्यता आइलागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad