राजनीति


बालेन सरकारमा मन्त्री बन्न लागेको चर्चापछि कुलमानले यसो भने

बालेन सरकारमा मन्त्री बन्न लागेको चर्चापछि कुलमानले यसो भने

नेपालखबर
चैत ११, २०८२ बुधबार ७:४८, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारमा आफू मन्त्री बन्न लागेको भन्ने हल्ला गलत भएको बताएका छन्।

पूर्व ऊर्जामन्त्रीसमेत रहेका घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुन लागेको भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। 

‘तर नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’

सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको जानकारी पनि उनले गराएका छन्। 

उनको पूरा भनाइ
नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन। यस सन्दर्भमा सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रस्ट पार्दछु। हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौँ। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्राविरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad