राजनीति


इरानलाई दाबाब दिन अमेरिकाले बहुराष्ट्रिय सैन्य गठबन्धन बनाउने

इरानलाई दाबाब दिन अमेरिकाले बहुराष्ट्रिय सैन्य गठबन्धन बनाउने

नेपालखबर
असार २५, २०७६ बुधबार ११:३८,

इरान र यमन वरपरका समुन्द्री क्षेत्रमा आफूलाई सुरक्षाको लागि बहुराष्ट्रिय सैन्य गठबन्धन तैनाथ गर्ने चाहना भएको अमेरिकाले बताएको हो।

अमेरिकी सेना संयुक्त कर्मचारीहरुको प्रमुख गेन जोसेफ डनफोर्डले इरान र यमन वरपरको क्षेत्रमा पानीजहाजको सुरक्षाको लागि बहुराष्ट्रिय सेना तैनाथ गरिने धारणा राखेका हुन्।

गत मे र जुन महिनामा इरानले ६ वटा तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ।

डनफोर्डले राजनीतिक छलफलबाट यस योजनालाई मूर्त रुप दिने विषयमा अमेरिकाले छलफल गर्ने बताएका छन्।

यस योजनाबाट अमेरिकाले पानीजहाजलाई आक्रमणकारीको खतराबाट सुरक्षा दिन सक्ने डनफोर्डको विश्वास छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad