राजनीति


श्रम संस्कृतिका ७ सांसदले लिँदैछन् ४ भाषामा शपथ

अध्यक्ष हर्क साम्पाङले नेपालीमा शपथ खाने
श्रम संस्कृतिका ७ सांसदले लिँदैछन् ४ भाषामा शपथ

नेपालखबर
चैत १०, २०८२ मंगलबार ११:८, काठमाडौँ

श्रम संस्कृति पार्टीका सात जना सांसदले चारवटा भाषामा सपथ लिने तयारी गरेका छन्। संसद् सचिवालयलाई दिएको जानकारी अनुसार श्रम संस्कृतिका सांसदले नेपाली भाषासँगै मातृभाषामा सपथ लिने भएका हुन्। 

पार्टी अध्यक्ष एवम् सुनसरी–१ बाट निर्वाचित सांसद हर्क साम्पाङ, पार्टीका महासचिव एवम् खोटाङबाट निर्वाचित आरेन राई, सामानुपातिक सांसद् अम्बिका देवी सङ्ग्रौला र राधिका रम्तेलले नेपाली भाषामा सपथ लिने भएका छन्। 

बाँकी तीन सांसदले भने छुट्टाछुट्टै भाषामा सपथ लिने पार्टी महासचिव आरेन राईले बताए।

उनकाअनुसार भोजपुरबाट निर्वाचित ध्रुवराज राईले बान्तावा भाषामा, पूर्णप्रसाद लिम्बुले लिम्बु भाषामा र रुवीकुमारी ठाकुरले मैथिली भाषामा सपथ लिनेछन्। 

प्रतिनिधि सभाका सदस्यहरुको चैत १२ गते दिउँसो २ बजे शपथ हुँदैछ। संसद सचिवालयले त्यसको तयारी गरिसकेको छ। त्यसअघि संसदका जेष्ठ सदस्य कांग्रेस नेता अर्जुननर सिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन्।

त्यसको भाेलिपल्ट केसीले बाँकी सबै सांसदलाई शपथ गराउनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad