कारोबार


लगातार घट्दै आएको सुनको मूल्यमा आज पनि गिरावट, चाँदी भने महँगियो

लगातार घट्दै आएको सुनको मूल्यमा आज पनि गिरावट, चाँदी भने महँगियो

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८२ मंगलबार १०:५६, काठमाडौँ

गएका पाँच दिनमा तोलामै ३४ हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य आज थप घटेको छ। 

सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँ घटेर दुई लाख ७५ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य हिजो तोलामा ६ हजार पाँचसय रुपैयाँ घटेर दुई लाख ७५ हजार पाँचसय रुपैयाँ कायम भएको थियो। 

आइतबार तोलामा १२ हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ गएको शुक्रबार सात हजार आठसय, बिहीबार पाँच हजार चारसय र बुधबार दुई हजार दुईसय रुपैयाँ घटेको थियो।  

गएका ६ दिनमा सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटिसकेको छ। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसयता सुनको भाउ ६४ हजार ६ सय रुपैयाँ घटिसकेको छ।

चाँदीको मूल्य भने आज तोलामा ८९ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदीको भाउ आज तोलाको चार हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

हिजो तोलामा ११५ रुपैयाँ चाँदीको भाउ चार हजार ४२५ रुपैयाँमा झरेको थियो। 

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad