राजनीति


प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेस

नेपालखबर
चैत ८, २०८२ आइतबार १९:२८, काठमाडौँ

निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ। 

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेका हुन्। गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको जानकारी दिए।

उनले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनको सन्दर्भमा समेत राम्रो भएको बताए। 

निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गरिन्।

गृहमन्त्री अर्यालले भने, ‘यो निर्वाचन पहिलाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो। यो निर्वाचन सुशासनको हिसावले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुश गर्यौं। प्रधानमन्त्रीज्यूले कार्यवाहक प्रमुख आयुक्त र आयुक्तज्यूहरू लगायत आयोगको सम्पूर्ण टिमलाई धन्यवाद आभार गरेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad