ad ad

राजनीति


एकपछि अर्को संकटमा फस्दै पुटिन

एकपछि अर्को संकटमा फस्दै पुटिन

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १४:४०,

मंगलबार रुसी सहर सेन्ट पिटर्सवर्गमा कोरोना भाइर संक्रमितहरुको उपचार भइरहेको एक अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको ज्यान गयो। अस्पतालमा रहेका १ सय ५० जनालाई बाहिर निकाल्नुपर्‍यो।

सेन्ट जर्ज अस्पतालमा भेन्टिलेटरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।

यो नराम्रो खबरलाई छोप्नेगरी मंगलबार रुसी नागरिकले अर्को खबर सुने। लामो समयदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता रहँदै आएका दिमित्री पोस्कोवलाई संक्रमण भएको थियो।

पेस्कोवले आफूले पुटिनलाई व्यक्तिगत रुपमा नभेटेको एक महिना नाघिसकेको बताएका छन्।

तर, त्यसलगत्तै अर्को समाचार बाहिरियो– रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन संक्रमित भएपछि अस्तपताल भर्ना भए।

कोरोना भाइरस महामारीबाट सबैभन्दा नराम्ररी प्रभावित बन्ने मुलुकमध्ये एक बनेपछि रुस र राष्ट्रपति भ्लादिमिर पुटिनको संकट बढ्दै गएको छ।

एकातिर पुटिनको आफ्नै स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। अर्कोतर्फ कोरोना भाइरस रोकथाम गर्न रुस असफल बन्दै गएको छ।

हालसम्म रुसमा २ लाख ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। जसका कारण कोरोनाबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने दोस्रो मुलुक बनेको छ रुस।

पछिल्लो समय पुटिन एकपछि अर्को समस्यामा पर्दै गएका छन्।

पहिले तेलको मूल्यमा ऐतिहासिक गिरावट आयो। जसले रुस र साउदी अरबबीच मूल्य घटाउने प्रतिस्पर्धा चल्यो। अन्ततः उनीहरु उत्पादन कटौती गर्ने सम्झौता गर्न बाध्य भए। यससँगै रुसको आम्दानीको स्रोतमा ठूलो धक्का लागेको छ।

सोमबार टेलिभिजन सम्बोधन गर्दै पुटिनले सम्भव भएसम्म चाँडो अर्थतन्त्रलाई सही मार्गमा फर्काउने प्रयास आफूले गर्ने बताए। तथापि महामारी र अर्थतन्त्रको निरासाजनक अवस्थाका कारण मानिसहरु आश्वस्त हुने अवस्था देखिँदैन। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .