ad ad

समाज


कपिलवस्तुमा मात्रै ३८ जना कोरोना संक्रमित, धेरैजसो लकडाउनमा लुकेर भारतबाट छिरेका

कपिलवस्तुमा मात्रै ३८ जना कोरोना संक्रमित, धेरैजसो लकडाउनमा लुकेर भारतबाट छिरेका

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १४:४६,

कपिलवस्तुमा मात्रै ३८ जना कोरोना संक्रमित फेला परेका छन्।

आज मात्रै त्यहाँ ९ जना कोरोना संक्रमण पुष्टि भएको हो। यीसमेत गरेर कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या ३८ पुगेको हो।

तीमध्ये २९ जना लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ। जसमा एक महिला कपिलवस्तु नगरपालिकाका स्वास्थ्यकर्मी हुन्।

बुधबार कोरोना पुष्टि भएका पुरुषमध्ये एक जना पनि भारतको महाराष्ट्रबाट वैशाखको तेस्रा साता लकडाउनको बेला लुकिछिपी नेपाल प्रवेश गरेका हुन्।  

पछिल्लो तीन दिनमै भारतका विभिन्न सहरबाट फर्केका तीन हजारभन्दा बढी मानिस सीमा नाकाबाट लुकिछिपी कपिलवस्तु प्रवेश गरेका छन्। कोरोना भाइरसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .