श्रम संस्कृति पार्टी (ससंपा)का अध्यक्ष हर्क साम्पाङले फेसबुकमा स्ट्याटस लेख्दै ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेका छन् । भर्खरै सम्पन्न प्रतिनिधिसभा समानुपातिक प्रणालीतर्फ पार्टीले पाएको चार सिटमा समावेश हुने सदस्यबारे सामाजिक सञ्जालमा विवाद देखिएपछि उनले यस्तो स्ट्याटस लेखेका हुन् ।
सामजिक सञ्जालमा ससंपाको तर्फबाट समानुपातिक उम्मेद्वारको बन्दसूचिमा परेका समला राईले आफू जसरी पनि संसद बन्नुपर्ने भन्दै दिएको अभिव्यक्ति ‘भाईरल’ बनेको छ । उनले आफूले सात वर्षदेखि श्रमदान गर्दै हर्क साम्पाङ र श्रम संस्कृति पार्टीका लागि योगदान दिएको भन्दै पार्टी अध्यक्ष र महासचिवले आफूलाई नपठाए ‘नराम्रो हुने’ चेतावनी दिएकी छिन्।
यद्यपी संवैधानिक प्रावधान र पार्टीले प्रत्यक्षतर्फ जितेको सिटको आधारमा उनको नाम पर्ने सम्भावना छैन । राईको यस्तो अभिव्यक्ति र सामाजिक सञ्जालमा आफ्ना समर्थकहरुबाट आएको प्रीतक्रियाप्रति दिक्क मान्दै उनले एक भिडियोमा समानुपातिक व्यवस्था आफूलाई भूत जस्तो लागेको समेत बताएका छन् ।
Shares

प्रतिक्रिया