राजनीति


समानुपातिकमा कुन दलले कति मत पाए?

समानुपातिकमा कुन दलले कति मत पाए?

नेपालखबर
फागुन २७, २०८२ बुधबार १३:२, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ बुधबार मध्याह्नसम्म एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।

यसमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ। यो ४७.९ प्रतिशत हो। 

दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ। कांग्रेसले सदर मतको १६.३ प्रतिशत पाएको हो। 

नेकपा (एमाले) तेस्रो नम्बरमा रहेको छ। एमालेले १४ लाख ४८ हजार ८५४ अर्थात १३.५ प्रतिशत मत पाएको छ। 

चौथो नम्बरमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७७३ मत पाएको छ। यो ७.५ प्रतिशत हो। 

समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत पाएको छ। यो सदर मतको ३.५ प्रतिशत हो। 

यसैगरी ‘थ्रेसहोल्ड’ कटाउन अन्तिम दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनेको छ। राप्रपाले ३ लाख २९ हजार ४७२ मत अर्थात ३.१ प्रतिशत पाएको हो। 

अन्य दलले भने समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउन सकेनन्। समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन ३ लाख २२ हजार १७३ मत आवश्यक पर्छ। 

समानुपातिकमा अन्य दलको मत:

  • जसपा नेपाल: १,७४,३१७
  • राष्ट्रिय परिवर्तन पार्टी: १,७१,५०१
  • जनमत पार्टी: ७८,९७३
  • नाउपा नेपाल: ६१,५३४
  • नेपाल मजदूर किसान पार्टी: ४२,२४०
  • राष्ट्र निर्माण दल नेपाल: ३८,९३१
  • राष्ट्रिय जनमोर्चा: २९,४४०
  • नेपाल संघीय समाजवादी पार्टी: २८,३२६
  • नेपाल जनता संरक्षण पार्टी: २८,१४९
  • प्रगतिशील लोकतान्त्रिक पार्टी: २४,६१५
  • नेकपा (माओवादी) : २३,८३३
  • मंगोल नेशनल अर्गनाइजेशन: २०,५८०
  • सार्वभौम नागरिक पार्टी: १४,७९१
  • आम जनता पार्टी: १३,४३९
  • राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १०,५७८
  • संयुक्त नागरिक पार्टी: ९,०४२
  • स्वाभिमान पार्टी: ८,१२७
  • नेपाल जनता पार्टी: ७,१४१
  • राष्ट्रिय जनमुक्ति पार्टी: ७,१२५
  • राष्ट्रिय एकता दल: ७,०४५
  • नेकपा (माले): ६,१५१
  • नेशनल रिपब्लिक नेपाल: ५,१५७
  • राष्ट्रिय गौरव पार्टी: ५,११२
  • नेपालका लागि नेपाली पार्टीः ५,०००
  • नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ४,८१५
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४,६६४
  • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त): ४,५०६
  • राष्ट्रिय उर्जाशील पार्टी, नेपाल: ४,३१०
  • समावेशी समाजवादी पार्टी नेपाल: ४,२६२
  • गतिशील लोकतान्त्रिक पार्टी: ४,२४०
  • नेपाल लोकतान्त्रिक पार्टी: ४,०६४
  • नेपाल मातृभूमि पार्टी: ३,२०७
  • जय मातृभूमि पार्टी: २,९५७
  • राष्ट्रिय जनता पार्टी नेपाल: २,९२१
  • बहुजन शक्ति पार्टी: २,७३९
  • प्रजातान्त्रिक पार्टी नेपाल: २,२१४
  • नेपाल जनमुक्ति पार्टी: २,१६०
  • जन अधिकार पार्टी: २,०९१
  • नेपाल सद्‍भावना पार्टी: २,००३
  • पिपुल फर्स्ट पार्टी: १,७८७
  • नेपाली काँग्रेस (बीपी): १,७७९
  • नागरिक शक्ति, नेपाल: १,७१७
  • नेपाली जनश्रमदान संस्कृति पार्टी: १,६२४
  • नेपाली जनता दल: १,४४४
  • समावेशी समाजवादी पार्टी: १,३६६
  • जनता लोकतान्त्रिक पार्टी, नेपाल: १,२९४
  • सचेत नेपाली पार्टी: १,१२३
  • जनप्रिय लोकतान्त्रिक पार्टी: ९४४
  • मितेरी पार्टी नेपाल: ७६६
  • उन्‍नत लोकतन्त्र पार्टी: ७२०
  • त्रिमुल नेपाल: ६८५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad