ad ad

राजनीति


लकडाउनमा कडाइ नगर्ने हो भने स्थिति थप गम्भीर बन्छ : प्रधानमन्त्री

लकडाउनमा कडाइ नगर्ने हो भने स्थिति थप गम्भीर बन्छ : प्रधानमन्त्री

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा थप कडाइ नगर्ने हो भने अवस्था झन गम्भीर भएर जाने बताएका छन्।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालको संक्रमितको संख्या बढ्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्न अनिवार्य रहेको बताएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।

‘प्रधानमन्त्रीज्युको प्रमुख चासो र चिन्ता लकडाउन पालना नभएकोमा थियो’, मन्त्री पोखरेलले नेपालखबरसँग भने, ‘कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमा थप कडाइ गर्नुपर्नेमा उहाँको जोड थियो।’

प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए। लकडाउन खुकुलो भएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए। सोमबार २४ जना र मंगलबार ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने र त्यसको तयारी अगाडि बढेको बताएको मन्त्री पोखरेलले जनाकारी दिए।

‘वार्ता र सहमतिका माध्यमबाटै सीमा विवाद हल गर्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै मन्त्री पोखरेलले भने, ‘त्यसका लागि सबै जिम्मेवार बनौँ, बाहिर अभिव्यक्ति दिँदा पनि तथ्यमा आधारित भएर दिऔँ।’

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक विवादबारे मन्त्रिपरिषदमा ब्रिफिङ बैठकमा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .