ad ad

खेल


आईसीसीको दुई विश्वकप छनोट खेलहरु स्थगित

आईसीसीको दुई विश्वकप छनोट खेलहरु स्थगित

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:५९,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कोरोना भाइरसका कारण दुईवटा छनोट खेल स्थगित गरेको छ।

आईसीसीले महिला विश्वकप छनोट र आईसीसी यू–१९ क्रिकेट वर्ल्डकप क्वालिफायर युरोप डिभिजन टुका खेलहरु स्थगित भएको मंगलबार जानकारी दिएको हो।

आईसीसीले स्वास्थ्यकर्मी सदस्य पदाधिकारीसँगको छलफलपछि खेलहरु स्थगित गरेको हो।

आईसीसी महिला विश्वकप छनोट आगामी जुलाई ३ देखि १९ सम्म श्रीलंकामा आयोजना हुने तय भएको थियो। छनोट चरणबाट ३ राष्ट्रहरु आगामी वर्ष न्युजिल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछन्।

यस्तै अन्डर १९ विश्वकपका लागि युरोपियन छनौट आगामी जुलाई २४ देखि ३० सम्म डेनमार्कमा हुने तालिका थियो। स्थगित प्रतियोगिताहरु सम्बन्धित राष्ट्रका पदाधिकारीसँगको छलफलपछि नयाँ मिति तय गरिने आईसीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .