ad ad

खेल


ओलम्पियन विष्ट दम्पतीद्वारा खाद्यान्न सहयोग

ओलम्पियन विष्ट दम्पतीद्वारा खाद्यान्न सहयोग

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:४२,

ओलम्पियन दीपक विष्ट र १३औं दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्णपदक विजेता आयशा शाक्यले मगंलबार बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन्।

दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, २ बोरा चिउरा २ बोरा दाल, १ कार्टुन तेल, १ बोरा नुन, १ बोरा भुजा, ५ केज चिनी, १ केजी चियापत्ती, ४ कार्टुन चाउचाउ र २६ दर्जन बिस्कुट केन्द्रका संस्थापक अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरेका हुन्।

सामान खरिदका लागि आफ्ना बुबा जुजुरत्न शाक्यले पनि आर्थिक सहयोग गरेको आयशाले जानकारी बताइन। आयशाले केही दिनअघि कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहीनलाई खाद्यान्न वितरण गरेकी थिइन्। समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .