राजनीति


अझै तीन निर्वाचन क्षेत्रका मतपेटिका संकलन गर्न बाँकी

अझै तीन निर्वाचन क्षेत्रका मतपेटिका संकलन गर्न बाँकी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २१:५८, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत अधिकांश क्षेत्रमा मतगणना भइरहँदा हिमाली तथा पहाडी भेगका तीन क्षेत्रको भने मतपेटिका संकलन गर्न नै बाँकी रहेको छ। 

निर्वाचन आयोगका अनुसार, गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलन गर्न बाँकी छ। यहाँका १४ वटा मतस्थलबाट मतपेटिका संकलन भइसकेको छैन। 

त्यस्तै, कोशी प्रदेशको संखुवासभामा पनि मतपेटिका संकलन गर्न बाँकी रहेको छ। दुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै, कर्णाली प्रदेशको मुगुमा पनि सबै मतपेटिका संकलन भइसकेका छन्। दुर्गम क्षेत्रका मतदानस्थलबाट मतपेटिका संकलन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad