राजनीति


रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २१:४४, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य  विजयी भएका छन्। 

निर्वाचन आयोगका अनुसार, १० हजार ६५६ मत प्राप्त गरी कांग्रेसका आचार्य विजयी भएका हुन्। उनले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै आएका थिए। 

आचार्यको यो तेस्रो जित हो। उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्। 

बिहीबार भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १३६ मत खसेको थियो। रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४७१ मतदाता रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad