रास्वपाका सांसद् अनुपस्थित भएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।
बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
समितिमा प्रतिनिधित्व गर्ने रास्वपाका सांसद पार्टीका विभिन्न जिल्ला अधिवेशनमा गएपछि बैठक स्थगित गरिएको समितिका सभापति हरि ढकालले जानकारी दिए।
समितिमा रहेका धेरै सांसद पार्टी काममा उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको ढकालको भनाई छ।
समितिको आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने लगायतका कार्यसूची तय भएको थियो।
36
Shares

प्रतिक्रिया