लुम्बिनी प्रदेशमा रहेका २६ निर्वाचन क्षेत्रमध्य अहिलेसम्म एउटा मात्रै निर्वाचन क्षेत्रको अन्तिम नतिजा बाहिर आएको छ।
जसमध्ये नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जित हासिल गरे।
बाँकी रहेका २५ सिटको अवस्था हेर्दा रास्वपाले १७ क्षेत्रमा अग्रता कायम गरिरहेको छ। काङ्ग्रेसले चार क्षेत्रमा अग्रता लिएको छ भने २ स्थानमा नेकपा एमाले र नेकपाले २/२ क्षेत्रमा अग्रता लिएको छ।
रास्वपाले रुपन्देहीका ५ वटै क्षेत्र, दाङका ३ वटै क्षेत्र नवलपरासीका दुवै क्षेत्र, बर्दियाका दुवै क्षेत्र तथा बाँकेका २ क्षेत्रमा अग्रता कायमै राखेको छ।
यी क्षेत्रमा रास्वपाको अग्रता
रुपन्देही
२- सुलभ खरेल
३- डा लेखजंघ थापा
४- कन्हैया बानियाँ
५- तैफिक अहमद खा
दाङ
१- देवराज पाठक
२- विपिन कुमार आचार्य
३ - कमल सुबेदी
नवलपरासी पश्चिम
१- विक्रम खनाल
२-नरेन्द्र गुप्ता
बाँके
१- सोम कुमार चौधरी
२-खगेन्द्र सुनार
बर्दिया
१-ठाकुर थारु
२-श्रीधर पौडेल
गुल्मी १ -सागर ढकाल
अर्घाखाँची - हरि भुषाल
कपिलबस्तु १ - मोहनलाल आचार्य
नेपाली काङ्ग्रेसले अग्रता लिएको क्षेत्र
पाल्पा १- सन्दीप राना
पाल्पा २- हिमालदत्त श्रेष्ठ
प्युठान - डा गोबिन्दराज पोखरेल
कपिलवस्तु ३- अभिषेक प्रताप शाह
नेकपा एमालेले अग्रता लिएको क्षेत्र
गुल्मी २- गोकर्ण विष्ट
बाँके २- मोहम्मद इस्तियाक राई
नेकपाले नेतृत्व गरेको क्षेत्र
रोल्पा - वर्षमान पुन
कपिलवस्तु २- बृजेशकुमार गुप्ता
Shares

प्रतिक्रिया