राजनीति


शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १२:६, काठमाडौँ

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन्। 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री कार्कीले आफू शक्तिमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन्। 

‘पोलिटिकल पार्टीहरूको बीच राइवलरी हुन्छ। एक–आपसमा एकले अर्काको खोट देखाउँछन। नदेखाउने होइन। सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ। उसले त्यसका त्रुटीहरू देखाइरहन्छ। तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो,’ कार्कीले भनिन्, ‘यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन।’

उनले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई विगतलाई हेरेर अघि बढ्न सुझाव दिइन्। सरकारमा आएका नवयुवाले अघिल्लो कुराहरू मनन गरेर, इतिहासलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने उनको कार्कीको भनाइ थियो।

‘अघिल्लो कुराहरू मनन गर्नु पर्‍यो, हिस्ट्रीलाई मनन गर्नु पर्‍यो। मुलुक कसरी चल्दा हुन्छ, चलाउँदा हुन्छ?,’ उनले भनिन्, ‘आखिर उनीहरू पनि गएर एक दिन त त्यही स्टेजमा पुग्छन्। पार्टीका लिडरहरू सधै जवान भएर त बस्दैनन्।’

सत्तारुढ दलका नेताहरूले आफूहरू पनि सधैं युवा रहँदैनौँ भन्ने कुरालाई हेक्का राख्नुपर्ने उनले बताइन्। त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरूले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरिन्। 

‘हिजो केपी ओलीजी हुनुभयो, शेरबहादुर देउवाहरू भए। अथवा प्रचण्डजी नै हुनु भयो। यी सबै आउँदाखेरी त योङनै थिएन नि आफना मोभमेन्टमा। यो त यस्तै हो, अनुभव हुँदै जान्छ गर्दै जानुपर्छ,’ कार्कीले भनिन्, ‘अर्को कुरा आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर पनि लाग्नुहुँदैन।’

पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले उनीहरूलाई आफूले कहिल्यै पनि कम आँक्न नहुने बताइन्।

‘पोलिटिकल पार्टी हुने भएको दुइटा, तीनवटा पक्ष भयो भने एक अर्काबीचमा आसपमा एउटा आलोचनाप्रति आलाचना एकले अर्कोलाई बाटो देखाउने काम हुँदै गर्दा त्यसमा एउटा कम्पिटिसनको फिल हुन्छ। त्यसले गर्दा मुलुकलाई हाँक्न सक्छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad