प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी रहँदा समानुपातिक प्रणालीतर्फको प्रारम्भिक रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसो ३स्१५ बजेसम्मको तथ्याङ्कमा रास्वपाले स्थापित पुराना दलहरूलाई निकै पछाडि पारेको हो।
आयोगको पछिल्लो विवरण अनुसार रास्वपाले १ हजार ९५ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई फराकिलो बनाएको छ। यो मत अन्य प्रमुख दलहरूको तुलनामा उल्लेख्य बढी हो। रास्वपाको यो प्रारम्भिक अग्रताले सहरी र सचेत मतदाताहरूमा 'घण्टी'प्रति आकर्षण रहेको सङ्केत गर्छ।
एमालेलाई राप्रपाले उछिन्यो
समानुपातिकको दौडमा नेपाली कांग्रेस ३७३ मतका साथ दोस्रो स्थानमा देखिएको छ। तर पहिलो स्थानमा रहेको रास्वपासँग कांग्रेसको मतान्तर निकै ठूलो (७२२) मत छ।
रोचक त के छ भने, समानुपातिकमा सधैँ बलियो देखिने नेकपा एमाले सुरूवाती अवस्थामा चौथो स्थानमा छ। एमालेलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा उक्लिएको छ। राप्रपाले १४७ मत पाउँदा एमालेले मात्र १०८ मत प्राप्त गरेको छ। यो प्रारम्भिक नतिजाले एमालेको परम्परागत समानुपातिक 'भोट बैंक' मा रास्वपा र राप्रपाले ठूलो धक्का दिएको प्रारम्भिक विश्लेषण गर्न सकिन्छ।
निर्वाचन आयोगका अनुसार यो देशभरका विभिन्न मतदान केन्द्रबाट प्राप्त मतको एकदमै सुरुवाती नतिजा हो।
Shares

प्रतिक्रिया