डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले अग्रता लिएका हुन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस तेस्रो स्थानमा छ। रास्वपाका ताराप्रसाद जोशीले १ हजार ५२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मानसिंह मालले ५३० मतसाथ पछ्याइरहेका छन्।
कांग्रेसका नैनसिंह महर भने ५०८ मतसहित तेस्रो स्थानमा छन्। नेकपा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।
399
Shares

प्रतिक्रिया