प्रतिनिधि सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको यतिबेला मतगणना भइरहेको छ।
अहिले ७७ क्षेत्रको मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५९ स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले १० क्षेत्रमा अग्रता लिएको छ।
यस्तै, नेकपा एमालेले ३ क्षेत्रमा अग्रता कायम गर्दा नेपाली कम्युनिस्ट पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छन्। यसैगरी, श्रम संस्कृति पार्टी, राप्रपा र एक जना स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँमा अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार काठमाडौँ १ मा रास्वपाका रञ्जु दर्शना निर्वाचित भएकी छन्। यस्तै, हिमालपारीको जिल्ला मनाङमा कांग्रेसका योगेश गौचन निर्वाचित भएका छन्।
219
Shares

प्रतिक्रिया