मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ। नेपाली कांग्रेसका 'हेभीवेट' नेता डा. शेखर कोइरालाको विरासत मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता लिएकी छिन्।
आचार्यले कोइरालालाई मात्र होइन, नेकपा एमालेका उम्मेदवारलाई समेत निकै पछाडि छाड्दै 'एकतर्फी' दौड सुरु गरेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ।
मोरङ ९: पछिल्लो चुनावी स्कोरकार्ड
रुविना आचार्य - ३,४२३
डा. शेखर कोइराला - ७२८
को हुन् डा. शेखरलाई टक्कर दिने रुविना?
रुविना आचार्य युवा पुस्ताको बुलन्द आवाजका रूपमा चुनावी मैदानमा उत्रिएकी थिइन्। काठमाडौँ विश्वविद्यालयबाट एमबीए अध्ययन पूरा गरेकी आचार्यको सामाजिक र शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ।
Shares

प्रतिक्रिया