ग्लोबल


इरानी सेनालाई ट्रम्पको धम्की: आत्मसमर्पण गर्छौ कि मृत्यु रोज्छौ?

इरानी सेनालाई ट्रम्पको धम्की: आत्मसमर्पण गर्छौ कि मृत्यु रोज्छौ?

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १२:९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सेना र सुरक्षा बललाई आत्मसमर्पण गर्न आह्वान गरेका छन्।

ह्वाइट हाउसमा मिडियालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म फेरि एकपटक इरानी रिभोलुसनरी गार्ड, सेना र प्रहरीका सबै सदस्यलाई हतियार बिसाउन अपिल गर्दछु। अन्यथा तिमीहरू मारिनेछौ।’

उनले थपे, ‘अब इरानी जनताका पक्षमा उभिने र उनीहरूको देश फिर्ता लिन मद्दत गर्ने समय आएको छ। कि आत्मसमर्पण गर कि मृत्यु रोज।’

ट्रम्पले विश्वभरका इरानी कूटनीतिज्ञहरूलाई पनि शरण लिन चेतावनी दिएका छन्। 

उनले भनेका छन्, ‘हामी चाहन्छौँ- तपाईंहरू नयाँ र राम्रो इरान निर्माण गर्न हामीसँग सामेल हुनुहोस्।’

साथै ट्रम्पले इरानमा अब सत्तामा आउने जो कोहीले पनि अमेरिका वा यसका छिमेकीलाई खतरा नबनाउने कुरा सुनिश्चित गरिने दाबी गरेका छन्। 

इजरायल र अमेरिकाले गत फेब्रुअरी २८ का दिन संयुक्त सैन्य हमला गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई मारेपछि यो पद खाली छ। 

हमलाको जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडी मुलुकहरूमा क्षेप्यास्त्र/ड्रोन प्रहार गरिरहेको छ। 

अमेरिकास्थित 'ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी' (एचआरएएनए) ले इजरायल-अमेरिकाको आक्रमणबाट इरानमा अहिलेसम्म हजारभन्दा बढी जनाको मृत्यु भइसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad