बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेश थारूले अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका थारूले १ हजार ४५३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण पौडेलले ६४९ मत पाएका छन्।
नेकपा (एमाले)का सूर्यप्रसाद ढकाल तेस्रो नम्बरमा छन्। उनले ३०७ मत पाएका छन्।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेन्द्रप्रसाद पाण्डेले १८१ मत पाएका छन्।
564
Shares

प्रतिक्रिया