राजनीति


चितवन-३ मा रास्वपाकी सोविता गौतमको सुरुवाती अग्रता

चितवन-३ मा रास्वपाकी सोविता गौतमको सुरुवाती अग्रता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ५:८, हेटौंडा

चितवन-३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिएकी छन्। 

यस क्षेत्रमा पर्ने माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहालले पछ्याइरहेकी छन्। नेकपाकी दाहालले ६७९ मत ल्याएकी छन्। 

त्यस्तै, नेकपा (एमाले) का शंकरराज थपलियाले २०२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले ११९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad