राजनीति


रुकुमपूर्वका सबै मतदान केन्द्र पुग्दै प्रचण्ड

रुकुमपूर्वका सबै मतदान केन्द्र पुग्दै प्रचण्ड

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:३७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वका सबैजसो मतदान केन्द्रमा पुग्ने भएका छन्।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मत खसालेर रुकुमपूर्व पुगेका उनले केही केन्द्र अवलोकन गरिसकेको केन्द्रीय सदस्य सुवोध शेर्पालीले जानकारी दिए।

बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहन्छ।

‘मतदानको अवधिभर सम्भव भएसम्मका मतदान केन्द्र पुग्ने गरी कार्यक्रम बनाएका छौँ’, उनले नेपालखबरसँग भने।

अघिल्लो पटक गोरखा २ बाट चुनाव जितेका प्रचण्डले यसपटक जनयुद्धको आधार इलाका भनेर चिनिने रुकुमपूर्वबाट उम्मेदवारी दिएका हुन्। 

उनी प्रचारप्रसारका क्रममा लामो समय रुकुमपूर्वका विभिन्न ठाउँ पैदल हिडेरै पुगेको शेर्पालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad