सुदूरपश्चिम


कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरे मतदान

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:४२, सुर्खेत

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन्।

खड्काले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत गुर्भाकोटस्थित सूर्यज्योति मावि मतदान केन्द्रबाट ११ बजे मतदान गरेका हुन्।

पार्टीको वैधानिकताको विवादमा सर्वोच्च अदालतमा रिट दायर गराएका खड्काले यो चुनावमा उम्मेदवार नबन्ने घोषण गरेका थिए। २०४८ देखि सुर्खेत १ बाट चुनाव लड्दै आएका उनी मतदाताको रुपमा मात्र चुनावमा सहभागी भएका छन्। 

फागुन १७ गते सुर्खेत पुगेर कांग्रेसको चुनावी अभियानमा जोडिएका खड्काले सर्खेत–१ का कांग्रेस उम्मेदवार विष्णुबहादुर खड्का र सुर्खेत–२ का उम्मेदवार नारायणकुमार कोइरालाको पक्षमा उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad