राजनीति


पूर्व अमेरिकी राष्ट्रपतिको संस्थाले भन्यो, ‘पैसा नहुँदा, नेपालको निर्वाचन पर्यवेक्षण गर्न सकेनौँ’

पूर्व अमेरिकी राष्ट्रपतिको संस्थाले भन्यो, ‘पैसा नहुँदा, नेपालको निर्वाचन पर्यवेक्षण गर्न सकेनौँ’

संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टर (बायाँ), उहाँकी पत्नी रोजालिन कार्टर (बीच) र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला।


नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:३४, काठमाडौँ

पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरद्वारा स्थापित अन्तर्राष्ट्रिय संस्था ‘कार्टर सेन्टर’ ले आर्थिक स्रोत अभावले यस पटक नेपालको निर्वाचन पर्यवेक्षण गर्न असमर्थ भएको जनाएको छ। नेपालका अघिल्ला निर्वाचनहरूको पर्यवेक्षणमा सक्रिय रूपमा सहभागी हुँदै आएको सेन्टरले यस पटक आर्थिक स्रोत अभाव भएको जनाएको हो।

पर्यवेक्षण गर्न अनुमति पाइसकेपछि उसले नेपाल आउन नसक्ने जनाएको थियो। 

९ नोभेम्बर, २०२५ मा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाको रुपमा मान्यताका लागि निवेदन गरेका थियौँ’, कार्टर सेन्टरको अमेरिकास्थित एटलान्टा मुख्य कार्यालयले नेपालखबरलाइ जवाफ फर्काउँदै भनेको छ, ‘त्यो निवेदनमै हामीले हाम्रो संलग्नता अन्तर्राष्ट्रिय पर्यवेक्षण मिसन परिचालन गर्न आवश्यक वित्तिय स्रोतको पहिचानमा निर्भर रहने कुरा उल्लेख गरेका थियौँ।’‘भरमग्दुर प्रयासका बाबजुद, पर्यवेक्षण कार्यका लागि आवश्यक कोष जुट्न सकेन। कार्टर सेन्टर निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना व्यक्त गर्दछ। यो महत्वपूर्ण निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सुदृढ बनाउनेछ भन्ने आशा राख्दछ।’

लोकतन्त्र र निर्वचनको क्षेत्रमा काम गर्ने कार्टर सेन्टर सन् १९८२ मा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले स्थापित गरेको पर्यवेक्षक संस्था हो। राजतन्त्र अन्त्य गर्ने एजेन्डासहित वि.सं. २०६४ सालमा भएको संविधानसभा निर्वाचन पर्यवेक्षण गर्न कार्टर आफैँ नेपाल आएका थिए।

सन् २०२४ डिसेम्बरमा उनको मृत्यु भयो।

यो पटकको निर्वाचन तीन वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गरिरहेका छन्। ९ देशका निर्वाचन आयोगका आयुक्तहरु पनि मतदान पर्यवेक्षणका लागि नेपालमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad