पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन्।
गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा पुगेर भट्टराईले मतदान गरेका हुन्।
यहाँ भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ।
गोरखामा प्रलोपा समानुपातिकमा मात्र चुनावी मैदानमा छ। मतदानका लागि भट्टराई बुधबारै गोरखा पुगेका थिए।
54
Shares

प्रतिक्रिया