रुपन्देही–२ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन्।
उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन्। बिहानै मतदान केन्द्रमा पुगेका उम्मेदवार शर्मा मतदानपछि उत्साहित देखिएका थिए।
सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे।
उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे।
'जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्', उनले भने।
Shares

प्रतिक्रिया