नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्।
मत दिनको लागि उनी हिजै चितवन पुगेका थिए।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट केहीबेरअघि प्रचण्डले मतदान गरेका हुन्।
चितवन ३ बाट प्रचण्डकी छोरी रेनु दाहाल नेकपाकी उम्मेदवार बनेकी छिन्।
अघिल्लो पटकको चुनाव गोरखा–२ बाट जितेका प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।
मत दिएलगत्तै प्रचण्डले हेलिकप्टरमार्फत रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
63
Shares

प्रतिक्रिया