राजनीति


निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौँमा

आयोगद्वारा ब्रिफिङ
निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौँमा

नेपालखबर
फागुन २०, २०८२ बुधबार २१:९, काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ। 

आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरुलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उनले निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको बताए। उनकाअनुसार विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणना सम्मको पर्यवेक्षण गर्ने हुँदा शनिवारसम्म नेपालमै रहनेछन्।

यस अवधिमा उनीहरू आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए।

उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि आउनुभएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुलाई निर्वाचनको बारेमा ब्रिफिङ गरेको छ। उहाँहरु ऋायोगको निमन्त्रणामा हिजो र आज नेपाल आइपुग्नुभएको हो। हामीले आमन्त्रण गरेका निकायहरुमध्ये विभिन्न ९ वटा देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा त्यहाँका कमिसनरहरु आउनुभएको छ।’ 

उनले थपे, ‘उहाँहरुलाई हामीले निर्वाचनको बारेमा जानकारी गरायौँ। उहाँहरुले मतदान सम्पन्न भई मतगणना प्रारम्भ अर्थात शनिवार सम्म नेपालमा रहुनुहुनेछ। र यहाँ रहँदासम्म उहाँहरुले आयोगसँगको समन्वयमा तोकिएका मतदान केन्द्रहरुमा गएर मतदानको अवस्था हेर्नुहुनेछ । र धेरै जनाले हामीलाई बताउनुभएअनुसार मतदान पश्चात मतगणनाको समेत सर्वेक्षण गर्न उहाँहरु इच्छुक हुनुहुनेछ। मतगणनाको समेत अवलोकन गर्नुहुनेछ। यो निर्वाचनलाई विशेष चासोको रुपमा हेरेको सन्दर्भमा निर्वाचन आयोगले उहाँहरुका जिज्ञासाहरु मेटिने गरी तथ्यसहित जानकारी गराएको छ।’

निर्वाचन पर्यवेक्षणका लागि रुस, मलेसिया, जापान, श्रीलंका, माल्द्विभ्स, भूटान, इण्डोनेसिया र बङ्गलादेशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरु नेपाल आइसकेका छन्। विदेशस्थित नेपाली कुटनीतिक आयोगका प्रमुख तथा प्रतिनिधिहरु समेत निर्वाचन पर्यवेक्षण गर्ने भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad