समाज


सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपालखबर
फागुन २०, २०८२ बुधबार २१:३३, सिन्धुली

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

आज दिउँसो काठमाडौँबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीकाअनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको थियो।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad