राजनीति


सिमानामा चिनियाँ र भारतीय सेनाबीच झडप, चीन भन्छः शान्ति कायम गर्न प्रतिबद्ध छौं

सिमानामा चिनियाँ र भारतीय सेनाबीच झडप, चीन भन्छः शान्ति कायम गर्न प्रतिबद्ध छौं

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १०:५८,

सिक्किम र लद्दाख क्षेत्रको सिमानामा चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल हुँदा चीनका केही र भारतका केही सेना घाइते भएका थिए।

सिक्किमा भएको झडपमा चार भारतीय सेना र सात चिनियाँ सेना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका थिए।

नियमित गस्तीका क्रममा झडप भएको उल्लेख गरिएको थियो। हाल झडपको विषयमा चीनले प्रतिक्रिया जनाएको छ।

दुई देशका सेनाबीच आगामी दिनमा झडप नुहने विश्वास व्यक्त गर्दै चीनले आफू सँधै शान्ति कायम गर्न प्रतिवद्ध भएको बताएको छ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले सिमानामा हुने विवाद भारत र चीन सरकारले कुटनीतिक पहलमार्फत सुल्झाउनु पर्ने सोमबार बताएका हुन्।

उनले यसवर्ष भारत र चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने बताउँदै कोरोना भाइरसको लडाइँमा एक भएर लागेको चीन र भारतले सँधै एक भएर काम गर्ने बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad