समाज


उखुको भुक्तानी माग्दै किसानले रोके चिनीका ट्रक, झडपमा ११ घाइते

उखुको भुक्तानी माग्दै किसानले रोके चिनीका ट्रक, झडपमा ११ घाइते

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १०:५७,

सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाइते भएका छन्।

सो गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी बिक्री वितरण गर्नका लागि लैजाने भन्दै गतरातमा आएका ६ वटा ट्रकलाई स्थानीय उखु उत्पादक किसानले नियन्त्रणमा लिएका थिए। बिक्री गरेको उखुको भुक्तानी नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका थिए।

इलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया प्रहरी चौकी भवानीपुरमा किसानले नियन्त्रणमा लिएका ट्रक राखिएको छ। हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुईवटा खाली रहेका छन्।

यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड छ। प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानी दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्षबीच झडप भएको सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए।

२०७० सालदेखिको करिब १२ हजार उखु उत्पादक किसानको करिब रु ४० करोड सो उद्योगले भुक्तानी नदिँदा उखु उत्पादक किसान निरास भएका छन्। बन्दाबन्दीको समयमा चिनी उद्योगबाट भुक्तानी पाइएला र घर व्यवहार धान्न सहज होला भन्ने आस गरेका उखु उत्पादक किसान झन निरास भएका छन्। समस्या समाधान गर्न विशेष पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad