राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापा पार्टीबाट निलम्बित भएका छन्।
रुपन्देही २ मा कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेको भन्दै राप्रपाले उनलाई निलम्बन गरेको हो।
थापालाई जिल्ला कार्यसमितिको निर्णयअनुसार आजैदेखि लागू हुने गरी निलम्बन गरिएको राप्रपाका जिल्ला सभापति सागर प्रताप राणाले बताए।
‘पार्टी नीति र हितविपरीत गतिविधि गरेको कारण पौडेललाई निलम्बन गरिएको हो,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्देशनविपरीत व्यक्तिगत सम्झौता गरी संगठनलाई हानि नोक्सानी पुर्याएको कारण केन्द्रले पनि सहमति दिएपछि उहाँलाई कारबाही गरिएको हो।’
राप्रपाले प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार फिर्ता लिएर कांग्रेसका पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो।
०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट राप्रपाले समानुपातिक तर्फ ५ हजार ६०० मत प्राप्त गरेको थियो।

Shares

प्रतिक्रिया