राजनीति


निष्पक्ष निर्वाचन भए नेकपाले अप्रत्याशित नतिजा ल्याउँछ: प्रचण्ड

निष्पक्ष निर्वाचन भए नेकपाले अप्रत्याशित नतिजा ल्याउँछ: प्रचण्ड

नेपालखबर
फागुन १३, २०८२ बुधबार १७:५४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ पहिलेभन्दा बढी सिट जित्ने दाबी गरेका छन्। 

बुधबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसहितको बैठकमा संयोजक प्रचण्डले पहिलेभन्दा राम्रो सिट आउने बताएका हुन्। नेकपाको स्पष्ट राजनीतिक धार भएकाले यस पटक राम्रो परिणाम आउन लागेको उनको भनाइ थियो। 

‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ। हामीले इफ, बट केही राखेका छैनौँ। सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले कन्फिडेन्स आएको छ साथीहरूलाई,’ उनले भने। 

आफ्ना विरोधी समेत नेकपाले राम्रो संख्यामा सिट जित्न लागेको आकलन गरिरहेको उनले सुनाए। ‘निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ। पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन्,’ प्रचण्डले भने। 

कतिपय अध्ययनले नेकपाले अप्रत्याशित नतिजा ल्याउने देखाएको उनको भनाइ थियो। तैपनि प्रत्यक्षतर्फ पहिलेभन्दा बढी सिट ल्याउन दाबी गरे। ‘कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउने भयो पनि भन्ने गरेका छन्,’ उनले भने। 

बैठकमा संयोजक प्रचण्डले समानुपातिकतर्फ पनि पहिलेभन्दा राम्रो हुने सुनाएका थिए। उनले समानुपातिकतर्फ २० देखि २५ लाख मत ल्याउने दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad