गण्डकी


गगन र विश्वले फागुन १५ गते पोखरामा सम्बोधन गर्ने

गगन र विश्वले फागुन १५ गते पोखरामा सम्बोधन गर्ने

नेपालखबर
फागुन १३, २०८२ बुधबार १७:५७, पोखरा

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा फागुन १५ गते पोखरा आउने भएका छन्।

नेपाली कांग्रेस कास्कीले यहाँको अमरसिंह चोकमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न सभापति र उपसभापति पोखरा आउन लागेका हुन्।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए अनुसार सो सभामार्फत् कास्केली र गण्डकीबासीलाई बदलिएको कांग्रेसका धारणाबारे जानकारी दिँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागिने छ।

गण्डकीको राजधानी र २०३६ सालमै बहुदलको पक्षमा मतदान गरेको ठाउँ भएकाले पोखरामै आमसभा गर्न लागिएको पनि उनले बताए। गगन र विश्वप्रकाशले यसअघि जनकपुरमा एउटै मञ्चबाट सम्बोधन गरेका थिए।

चुनावी आमसभामा कास्कीका तीनवटै क्षेत्रका वडादेखि नै कार्यकर्ता र शुभेच्छुकहरु आउने तथा छिमेकी जिल्लाबाट पनि केही शुभेच्छुकहरू आउने अनुमान गरिएको आमसभाका संयोजक तथा कांग्रेस महाधिवेशन प्रतिनिधि दीपक गुरुङ ‘माइला’ले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad