राजनीति


लिपुलेकमा भारतीय अतिक्रमण रोक्न सत्तारुढ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

लिपुलेकमा भारतीय अतिक्रमण रोक्न सत्तारुढ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ११:१८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले लिपुलेकमा भारतीय अतिक्रमण रोकी नेपालको उपस्थिति कायम गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन्।

आइतबार लिपुलेक रहेको क्षेत्रका सांसद सांसद गणेश ठगुन्नासहित नेकपाका सांसदहरु दीपप्रकाश भट्ट, यज्ञ बोगटी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र गणेश पहाडीले संकल्प प्रस्ताव दर्ता गरेका हुन।

उनीहरुले नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको सो भूभाग फिर्ता लिइ नेपालको राजनीतिक र प्रशासिनक उपस्थिति कायम गर्न गराउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन।

उनीहरुले ‘नेपालको संविधानको धारा ५ र प्रतिनिधिसभा नियमावलीको दर्फा ८४ को व्यवस्था बमोजिम संकल्प प्रस्ताव दर्ता गरेको’ बताएका छन्।

उनीहरुले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट रुपमा कुटियाङ्दी नदीनै महाकाली मुहान् भएको स्पष्ट पारेको भन्दै र त्यसपूर्वको ४ सय वर्ग किलोमिटर भू–भाग भारतले अतिक्रमण गरेको बताएका छन्।

नेकपा सांसदले ऐतिहासिक तथ्य, प्रमाण र नक्साहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको भएको प्रमाणित गर्ने जनाएका छन्।

‘हामीले प्रमुख सचेतकसँगै छलफल गरेर ल्याएको हौँ, त्यसले कार्यसूचीमा जान्छ भन्ने आशा छ’, संकल्प प्रस्ताव दर्ता गर्नेमध्येकी एक सांसद रामकुमारी झाँक्रीले नेपालखबरसँग भनिन्, ‘अब यो विषयमा सरकारको विषयमा हो। परराष्ट्र मन्त्रालयले चाह्यो भने यस विषयमा संसदमा छलफल हुन्छ।’

संकल्प प्रस्ताव पारित भए त्यो कानुन सरह लागू हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad