सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्।
भारतले एकपक्षीय रुपमा नेपालको लिपुलेक क्षेत्रमा सडक निर्माण गरेको विरोधमा अनेरास्ववियूको नेतृत्वमा आइतबार दिउँसाे पोखराको महेन्द्रपुलमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो।
प्रहरीले सो कार्यक्रममा हस्तक्षेप गर्दै अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटा र जिल्ला नेताहरु विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदीलाई पक्राउ गरेको थियो।

‘राष्ट्रिय स्वाधीनताको र भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गर्दै थियौँ, एक्कासी प्रहरीले पक्राउ गर्यो’, सापकोटाले नेपालखबरसँग भने, ‘हामी हाम्रो भू–भाग फिर्ता नभएसम्म आन्दोलन जारी राख्छौँ।’
उनले भारतको नांगो हस्तक्षेप र दादागिरीका अगाडि नझुक्न सरकार र नेकपाका नेताहरुलाई खबरदारी गरे।
पक्राउ परेकाहरुलाई प्रहरीले रिहा गरिरसकेको उनले बताए।

प्रतिक्रिया