राजनीति


कांग्रेसले ‘भिजन-१०’ को थिममा ल्याउँदै चुनावी घोषणापत्र

कांग्रेसले ‘भिजन-१०’ को थिममा ल्याउँदै चुनावी घोषणापत्र

नेपालखबर
माघ २५, २०८२ आइतबार २०:१२, काठमाडौँ

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले यहि साताभित्र घोषणापत्र सार्वजनिक गर्ने भएको छ। 

कांग्रेस सभापति गगन थापा नेतृत्वको घोषणापत्र तयारी समितिले क्षेत्रगत र पार्टीको तहगत सुझावलाई एकीकृत मस्यौदा तयार पारिरहेको छ। घोषणापत्र तयारीका लागि पार्टी र विभिन्न क्षेत्रका विज्ञको सहयोग लिरहेका छन् भने त्यसको संयोजन प्रताप पौडेलले गरिरहेका छन्। 

‘घोषणापत्र तयारीको एकीकृत चरणमा छौँ। क्षेत्रगत र पार्टीको तहगत सुझाव पनि आएका छन्। घोषणापत्र विगतको भन्दा छोटो र अझै बढी यथार्थपरक हुन्छ,’ पौडेलले नेपालखबरसँग भने, ‘त्यसलाई कांग्रेसले भिजन डकुमेन्टको रुपमा आउनेछ। नेपाली कांग्रेसको आगामी बाटोबारे भिजन–१० डकुमेन्टमा बन्छ।’

उनका अनुसार सुशासन र समुन्नतिका दुई वटा स्तम्भमा रहेर ती भिजन आउने छन्। ‘आजको दिनमा नेपालमा सुशासन पेचिलो विषय हो। त्यसमा नेपाली कांग्रेसले के–के कुरा गर्छ भनेर समीक्षासहित आउँछ,’ पौडेलले भने।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नेपाली कांग्रेसको पछिल्लो राजनीतिक लक्ष्य भएको भन्दै विशेष महाधिवेशनले पनि उक्त लक्ष्यलाई पुनर्ताजकी गरेको उनको भनाइ छ। ‘समुन्नति भनेको भौतिक विकास मात्रै होइन, मानविय विकास पनि हो। त्यसको केन्द्रमा मानवका आवश्यकता, पहिचान र सम्मान रहन्छ,’ उनले भने। 

समग्र नेपालको मार्गचित्रभित्र स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, उर्जा, कृषि र वातावरणीय परिवर्तनका कुरालाई ‘थिम’ बनाएर भिजन–१० आउने पौडेलले बताए। ‘क्षेत्रगत घोषणापत्र उम्मेदवार आफैले बनाउने छन्। ब्रोडर थिम भिजन डकुमेन्टमा आउँछ। क्षेत्रगत आवश्यकता र सम्भावना समेटेर उम्मेदवार आफैले घोषणापत्र तय गर्नुहुन्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad