राजनीति


आयोगले बन्दसूचीबाट हटायो ७६ समानुपातिक उम्मेदवारको नाम

आयोगले बन्दसूचीबाट हटायो ७६ समानुपातिक उम्मेदवारको नाम

नेपालखबर
माघ १९, २०८२ सोमबार १८:५७, काठमाडौँ

निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। 

आयोगले उम्मेदवार हुन अयोग्य रहेका विभिन्न दलका उम्मेदवारको नाम हटाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। उनीहरूको नाम हटाउनमा विभिन्न आठ वटा कारण देखाइएको छ। 

आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम हटाएको छ। गत प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा रहेका २५ जनाको नाम पनि प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको हो। 

यसैगरी, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाएको छ। गत निर्वाचनमा खर्ब विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। उनीहरूमध्ये जरिवाना नतिर्नेलाई सूचीबाट हटाएको जनाइएको छ। 

यस्तै, २५ वर्ष उमेर नपुगेका ४ जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटेको छ। बन्दसूचीबाट नाम हटाइएका उम्मेदवारमा एक जना मतदाता नामावलीमा नाम नभएका उम्मेदवार पनि छन्। 

यस्तै, मतदाता नामावलीमा पीछडिएको क्षेत्रमा नाम नरहेका दुई जना उम्मेदवारको नाम पनि सूचीबाट हटाइएको छ। उनीहरूले पीछडिएको क्षेत्रबाट सामानुपातिकमा उम्मेदवारी दिएका थिए। महिला उम्मेदवारको ठाउँमा पुरुष राखिएका एक उम्मदेवार पनि बन्दसूचीबाट हटेका छन्। 

यसैगरी, सम्बन्धी राजनीतिक दलले नाम हटाउन भनेर लेखि पठाएका १० जना उम्मेदवारको नाम पनि समानुपातिक बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए। यससँगै माथि उल्लेख कारणमध्ये एकभन्दा बढी कारण भएका दुई जनाको नाम पनि समानुपातिक बन्दसूचीबाट हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad