विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एउटा समूह आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ।
केन्द्रीय सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वको समूहलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीमा स्वागत गरेका हुन्।
नेकपाको कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो भएको एक कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टी परित्याग गरेर केन्द्रदेखि जिल्ला तहसम्मका १३ नेता नेकपामा प्रवेश गरेका हुन्।
शुक्रबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी पार्टी छाडेको घोषणा गरेका थिए। उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति भएको छ।


75
Shares

प्रतिक्रिया