चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका प्रहरीले जनाएको छ।
शनिबार दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए।
पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
99
Shares

प्रतिक्रिया