राजनीति


अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल

अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १२:२५, काठमाडौँ

नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेटमा छेडखानी गर्न नपाउने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा छेडखानी गरेको आरोप पनि लगाए। 

‘विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि प्रतिपक्ष तयार छन्,’ उनले भने, ‘हिजो प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको बताउनु भयो। देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यपनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।’

विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी गरेर राजश्वलाई तलमाथि गरेको आरोप पनि उनले लगाए। 

‘यस विषयमा अर्थमन्त्रीको अविलम्ब सभामुख मार्फत् ध्यान आकृष्ट गरियोस्। एउटा संसदीय समिति मार्फत् मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा यस खालका चलनहरू चलिरहनेछन्, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समिति बनाइनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad