राजनीति


सांसद राईको प्रश्न- किसानले कहिले मल पाउँछन्?

सांसद राईको प्रश्न- किसानले कहिले मल पाउँछन्?

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १३:१५, काठमाडौँ

नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको समयमा रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले मल अभावका कारण धनकुटाका किसान सरकारसँग निकै रुष्ट रहेको सुनाए। धनकुटाका सात वटा स्थानीय तहका किसान अहिले धान रोप्ने र मकै गोड्ने तयारीमा रहे पनि मल नपाउँदा समस्यामा परेको उनले उल्लेख गरे। 

‘एक लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको धनकुटामा किसानहरूले मल खोजिरहेका छन्। जनताको हितमा काम गर्ने वाचा गरेर बनेको सरकारले खेतीको मुख्य समयमा मल उपलब्ध गराउन नसक्नु दुःखद् छ,’ सांसद राईले भने, ‘धनकुटाका जनताले कहिले मल पाउँछन्? यसको जवाफ सरकारले तत्काल दिनुपर्छ। यदि मल उपलब्ध गराइएन भने यसको परिणाम गम्भीर हुनेछ।’

सदनको शून्य र आकस्मिक समयमा पटक-पटक उठाइएका प्रश्नको सरकारले वास्ता नगरेको आरोप उनले गुनासो गरे। ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गतको बजेट निकासा नहुँदा गरिब जनता मर्कामा परेको राईले बताए। 

विगतको सरकारले ल्याएको खरको छाना विस्थापित गरी जस्तापाता लगाउने योजनाअनुसार सर्वसाधारणले घर बनाए पनि सरकारले दिने भनिएको रकम हालसम्म उपलब्ध नगराएको उनले गुनासो गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad